नवगठित जनता समाजवादी पार्टी दल दर्ता गर्न निर्वाचन आयोगमा
काठमाडौँ । राजनीतिक सरगर्मीबीच दुई पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी, बीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन दुई दलबीच एकता भएको हो ।
नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, वीरेन्द्र ठाकुर, दीपक राई, मिथिलेश कुमार सिंह, फणिन्द्र देवकोटा, केशव अर्याल र नारायण खरेल निर्वाचन आयोग पुगिसकेका छन् ।

नेताहरुले पार्टी एकताबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको र पार्टी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । अन्य नेताहरु पनि आयोग आउने क्रम जारी रहेको उनीहरुले बताए ।
लकडाउनका कारण कर्मचारीहरु आउन ढिलाइ भएका कारण उनीहरुको पनि प्रतिक्षा भइरहेको नेताहरुको भनाइ छ ।
पार्टी फुटको बारेमा प्रश्न गर्दा नेताहरुले आज आफूहरुको मात्र पार्टी दर्ता हुने स्पष्ट पारे ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण