ज्योति विकास बैंकबाट बाहिरिए सिइओ मनोज ज्ञवाली
काठमाडौं– ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवाली बैंकबाट बाहिरिएका छन् ।
बैंक संचालक समितिसँगको असहमतिका कारण ज्ञवालीले राजिनामा दिएको स्रोतले बताएको छ । ज्ञवालीको राजिनामा वैशाख १५ गते देखि लागू हुनेछ । प्रमुख कार्यकारी अधिकृतको चार वर्षे कार्यकाल पुरा नहुँदै ज्ञवालीले राजिनामा बुझाएका हुन् ।
ज्ञवाली बाहिरिएसँगै बैंकको कायममुकायम प्रमुख कार्यकारीको जिम्मेवारी तत्कालका लागि बैंकका नायव महाप्रवन्धक पारस राज कंडेललाई तोकिएको बैंकले जनाएको छ ।
बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको सेवा अवधि २०७७ साल बैशाख १५ गते देखि समाप्त हुने भएपछि बैंकका नायव महाप्रवन्धक पारस राज कंडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण