आरडीटीमा पोजेटिभ देखिएका १० मध्ये ६ जनाको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ
कैलाली । सुदुरपश्चिम प्रदेशमा आरडीटी परिक्षणबाट पोजेटिभ देखिएका १० जनाको नमूनाको पीसीआर परीक्षण गर्दा ६ को रिपोर्ट नेगेटिभ आएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट संकलन गरिएको आरडीटी परीक्षण गर्दा १० जनामा कोभिड–१९ को पोजिटिभ देखाएको थियो जसमध्ये पीसीआरबाट ६ जनाको नतिजा नेगेटिभ आएको छ र ४ जनाको रिजल्ट आउन बाँकी रहेको छ ।
सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोभिड–१९ को मिडिया ब्रिफिङ्गमा सो कुरा बताएको हो ।
हालसम्म प्रदेशमा आरडीटी बाट १११७२ जनामा परिक्षण गरिएको मध्य १११६२ जनामा नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
१० पोजिटिभ रिपोर्ट मध्य पिसिआर वाट भने ६ मा नेगेटिभ आइसकेको र अन्यको रिपार्ट आउन वाकी रहहेको उनले बताए ।
आरडीटी परिक्षणबाट गएको २४ घण्टामा ९६८ आरडीटी परिक्षण गरेको र सबैको नेगेटिभ रिपोर्ट आएको उनले बताए । अझै प्रदेशमा २२९६ आरडिटी कीट स्टक रहेको जनाइएको छ । हालसम्म पीसीआरका लागि बाट २७३८ जनाको स्वाब नमुना संकलन गरेको र २७१९ जनामा जाँच गरेको उनले बताए ।
यसमध्ये हालसम्म २७१४ जनाको रिपोट नेगटिभ आएको छ भने ५ जनाको पोजिटिभ भेटिएको छ । पोजिटिभ ५ जना मध्ये ४ जना निको भएर घर फर्किसकेका न् भने एक जना को सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।
धनगढीमा स्थापना गरिएको पीसीआर मेसिनबाट ४३२ वटा स्वाब नमुनाको परीक्षण गरिएको उनले बताए ।
१३८२ जना क्वारेन्टाईनमा बसेका मध्ये १२१५ जना पुरुष र १६७ जना महिला रहेको जनाइएको छ । आइसोलेसनमा ७ जना रहेको र १०६ जना उपचारपछि घर गइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण