बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नेपाली गायिका मोनालिसाले गाइन् अंग्रेजी गीत

आइतबार, १८ भदौ २०७४, १४ : ०६
आइतबार, १८ भदौ २०७४

काठमाडौं – गायिका तथा मोडल मोनालिसा पराजुलीको अंग्रेजी भाषाको गीत ‘कलरफुल माइन्ड’को भिडियो पनि बनेको छ । हालै सार्वजनिक गरिएको भिडियोमा मोनालिसाकै अभिनय देख्न सकिन्छ । 
भिडियो उनले आफ्नै अपिÞmसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् । हलिउडमा आफ्नो परिचय बनाउने सोचका साथ अग्रेजी गीत गाएको उनले बताइन् । 
पवन थापाको संगीत रहेको गीतको भिडियो सन्दीप श्रेष्ठले छायांकन गरेका हुन्, भने सम्पादन बिकाश ज्ञवालीको रहेको छ । भिडियोको निर्देशन पनि उनले नै गरेकी हुन् । भिडियो राम्रो बनेको उनले दाबी गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप