बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

एल्बम सार्वजनिक गर्न राष्ट्रपति  आर्मी अफिसर क्लबमा

आइतबार, १८ भदौ २०७४, १४ : ०९
आइतबार, १८ भदौ २०७४

काठमाडौं –३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत ‘मिलनकोली’ शनिबार सार्वजनिक गरियो । आर्मीअफिसर क्लबमा आयोजित एक कार्यक्रममा ‘मिलनकोली’को राष्ट्रपति बिद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरे लगायतको उपस्थितिमा सार्वजनिक गरियो । 

गीतमा राष्ट्रकवी घिमिरेदेखि नेपालका ख्याती प्राप्त गायक गायिका एवम् सङ्गीतकर्मी कलाकारहरुको स्वरमा छ । वातावरणसम्बन्धी चेतनामूलक ‘मिलानकोली’ नामक उक्त गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेष्ठ ०६ गते विहिबार रेडियो नेपालको स्टुडियो सिंहदरबारमा एकै दिनमा रेकडिङ्ग गरिएको थियो । 

वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको उक्त गीतमा शब्द तथा संगीत निपेश ढाकाको रहेको छ । एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतैपनि यो प्रयास नगरिएकोले यो गीत गिनिज बुक अफ द वल्र्डमा रेकर्ड हुने संगीतकार निपेश ढाका बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप