स्वस्तिमा र निश्चलको ‘कुटुमा कुटु’को २ करोड दर्शक
काठमाडौं – यहि शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘दुई रूपैयाँ’लाई गीतबाट अपत्यारिलो सफलता हात परेको छ । चलचित्रको ‘कुटुमा कुटु ’ गीतले रिलिजको तीन महिनामै २ करोड दर्शक पाएको छ ।
युट्यूब मार्फत रिलिज यो गीतले छोटो अवधिका यति धेरै दर्शक पाएको हो । नेपालको परिपेक्षमा सबैभन्दा छोटो अवधिमा दुई करोर्ड दर्शक पाउँने गीत समेत यो ‘कुटुमा कुटु’ बन्न सफल भएको छ ।
दुई करोडको रेकर्ड बनाउने यो नेपालकै तेस्रो गीत भएको छ । यसअघि ‘सुर्के थैली’ र ‘ठमेल बजार’ले यो रेकर्ड बनाएका छन् । राजनराज सिवाकोटीको शब्द–संगीत रहेको गीतमा मेलिना राई र राजन इशान र सिवाकोटीकै स्वर रहेको छ ।
गीतको भिडियोमा भने स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्धि तामाङ र आसिफ शाहको अभिनय देख्न सकिन्छ । गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
असिम शाह निर्देशित ‘दुई रुपैयाँ’मा आसिफ सहित निश्चल, बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान आदिको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण