निर्माता संघको अर्थमन्त्रीलाई पत्र, बजेटमा चलचित्र क्षेत्रलाई समेट्न आग्रह
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को बजेटमा नेपाली चलचित्र उद्योगको विकास र विस्तारलाई पनि समेट्न नेपाल चलचित्र निर्माता संघले सरकारलाई आग्रह गरेको छ ।
चलचित्र निर्माता संघले एक पत्र लेख्दै अर्थमन्त्री युवराज खतिवडालाई उक्त आग्रह गरेको हो । पत्रमा राष्ट्रिय मान्यता प्राप्त उद्योगमा दर्ज रहेको फिल्म निर्माण उद्योगको वृहत्तर हित, विकास र विस्तारका लागि समावेश गरिनु पर्ने राय समेत राखिएको छ ।
संघका अध्यक्ष आकाश अधिकारीद्वारा हस्ताक्षर गरेको उक्त पत्रमा भनिएको छ, ‘राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा दर्जरहेको यस फिल्म निर्माण उद्योग अन्तर्गतको स्वदेशी फिल्म उद्योगलाई विशेष मान्यता, संरक्षण दिँदै, स्वदेशी फिल्म निर्माण, वितरण तथा प्रदर्शनलाई विशेष प्राथमिकता दिंदै कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित यस नेपाली मौलिक भाषा, कला, साहित्य, पर्यटन प्रवर्धन, संस्कृति बोकेको फिल्म उद्योगलाई संरक्षण हुनेगरि आगामी आ.ब. २०७७⁄०७८ को बजेटमा स्थान पाउनेछ भन्ने विश्वास व्यक्त गरिएको छ ।’
पत्रमा बक्स अफिस, फिल्म निर्माणको लागि बैंकिङ्ग कर्जा, फिल्मसम्बन्धि उपकरण तथा अन्य समानहरु आयात गर्दा भन्सार छुट, इन्डोर शुटिङ स्टुडियो, नेपाली मौलिक फिल्महरुलाई अनुदानका विषयसमेत समेटिएका छन् ।
संघले विभिन्न दर्जन बुँदासहितको पत्र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयलगायत केही मन्त्रालयमा बुझाएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण