चर्चित गायक लिटिल रिचर्डको ८७ वर्षमा निधनः धर्मगुरु बुवालाई गीत मन पर्दैनथ्यो, घर नै छोडिदिए
चर्चित संगीतकार एवं गायक लिटिल रिचर्डको शनिबार निधन भएको छ । उनी ८७ वर्षका थिए । रिचर्ड लामो समयदेखि बिरामी थिए । उनका आफन्तका अनुसार रिचर्डको निधन बोन क्यान्सरका कारण भएको हो । उनी पछिल्लो समय अमेरिकाको टुल्लाहोमा शहरमा बसिरहेका थिए । प्रशंसक उनको पियानो बजाउने खुबीका पारखी थिए । यसबाहेक उनको हेयरस्टाइल र पहिरन शैली पनि निकै रुचाइन्थयो ।
लिटिल रिचर्डको जन्म जर्जिया (अमरिका) मा डिसेम्बर सन् १९३२ मा भएको थियो । उनका पूरा नाम रिचर्ड पेन्निमन थियो । उनका पिता धर्मगुरु थिए । उनी भाइ–बहिनीभन्दा भिन्न देखिन चाहन्थे तसर्थ गीत गाउन सुरु गरे । बुवा उनको यो व्यवहारमा खुसी थिएनन् त्यसकारण उनले सानै उमेरमा घर छोडे । जीवनको अन्तिम समयमा उनले थुप्रै वर्षसम्म स्वास्थ्य सम्बन्धि समस्यासँग जुध्नुपर्यो । उनलाई थुप्रै पटक हृदयघातसमेत भएको थियो ।
सन् १९५५ पछि स्टार बनेका थिए रिचर्डः
रिचर्डको करियर सन् १९४० को दशकमा सुरु भएको थियो । सुरुमा त उनी सानो–तिनो रेकर्ड मात्रै गर्दथे तर सन् १९५५ मा त्गततष् ँचगततष्, ीयलन त्बिि क्बििथ र न्ययम न्यििथ ःष्कक ःयििथ मार्फत् प्रसिद्धि पाए । यो गीतले उनलाई संसारका विभिन्न देशमा स्टार बनाइदियो । सन् १९८६ मा रिचर्डले रक एण्ड रोल हल अफ फेममा इन्ट्रि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण