खुला सीमा : भारतको मोतिहारीबाट मोटरसाइकल चढेर रौतहट आइपुगे एक युवा, क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै
रौतहट । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल र छिमेकी मुलुक भारतमा लकडाउन लागू गरिएको छ । दुई देशबीच आवतजावत बन्द गर्न सीमाक्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीले व्यापक कडाइ गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतीय अर्धसैनिक बल एसएसबीले २४ सै घन्टा निगरानी बढाएका छन् ।
यद्यपि, खुला सिमानाका कारण जति नै निगरानी बढाए पनि दुवै पक्षका सुरक्षाकर्मीलाई दुई देशबीचको आवतजावत रोक्न धौधौ परेको छ । सोमबार मात्र दुवैतर्फका सुरक्षाकर्मीलाई झुक्याएर एकजना युवक मोटरसाइकलमै भारतको बिहार मोतिहारीबाट रौतहटको कटहरिया आइपुगेको छन् ।
बन्दाबन्दीकै अवधिमा कटहरिया नपा–५ का जयमंगल साह सोनारका छोरा २५ वर्षीय निरज साह सोमवार साँझ मोटरसाइकल लिएरै मोतिहारीबाट आफनो घरमा पुुगेका छन् । मोतिहारी स्थित आफन्तको घरमा बसेर आएका निरजलाई उनका बाबु जयमंगलले लगतै जनता माविमा रहेको क्वारेन्टाइनमा पु-याएका छन् ।
यसअघि निरज लकडाउनकै अवधिमा दुवैतिरका सुरक्षाकर्मीलाई झुक्याएर कटहरियाबाट मोटरसाईकल सहित केही दिन अघि मोतिहारी गएका थिए ।
यसरी खुला सीमा कारण आवतजावत नरोकिएपछि रौतहटका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या बढ्ने क्रममा छ । जिल्ला सदरमुकाम गौर, कटहरिया, फतुवा बिजयपुर, चन्द्रपुर लगायत विभिन्न २६ स्थानमा रहेको क्वारेन्टाइनमा उपचाररत बिरामीको सङ्ख्या बढदै गएको हो ।
हाल जिल्लाको क्वारेन्टाइनमा ३९ जना महिलासहीत २ सय ९५ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रातोपाटीलाई जानकारी दिए । यसअघि, जिल्लाका विभिन्न क्वारेन्टाइनमा लगातार १४ दिन बसेर पाँच सय ११ जना घर फर्किसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
नेपालमा हालसम्म १ सय ३४ जना संक्रमित फेला परेका छन् भने रौतहटमा मात्र ३ जना संक्रमित फेला परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण