बेलायतमा एक नेपाली मृत फेला
लण्डन । बेलायतको प्लमस्टिडबाट आइतबार दिउँसोदेखि हराइरहेकी ६६ वर्षीय धनमाया थापा मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीय प्लमस्टिड कमन पार्कमा घरफिरका लागि गएकी धनमायाको शव सोमबार राति सोही पार्कको झाडीमा भेटिएको थियो ।
मृत भेटिएकी धनमायाको शव फेला परेपछि प्रहरीले सोमबार राति उनको घरमै आएर जानकारी दिएको भएपनि मृत्युको कारण भने थाहा हुन सकेको छैन ।
१५/ २० मिनेटमा फर्किन्छु भनेर आइतबार दिउँसो निस्केकी धनमाया घन्टौंसम्म घरमा नफर्केपछि परिवारद्वारा सोधीखोजी गरिएको थियो । परिवारका सदस्य लगायत आफन्तहरु मिलेर पार्क वरपर खोजी गर्दा पनि नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
उनको शवलाई मेट्रो पोलिटन पुलिसको ‘सर्च एण्ड रेस्क्यू युनिट’ ले फेला पारेको थियो । विगत ९ वर्षदेखि लन्डनको प्लमस्टिडमा बस्दै आएकी स्व.धनमाया श्रीमान र छोराबुहारीसंग बस्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण