बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘मेला’मा गजित, पवित्रा र अशिस्माको  परिचय खुल्ने

सोमबार, १९ भदौ २०७४, १२ : ३१
सोमबार, १९ भदौ २०७४

काठमाडौं – चलचित्र मेलाले प्रदर्शन मितिसँगै एक गीत पनि सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक  गरेको हो ।

‘परिचय पाउ’बोलको सार्वजनिक गीतमा गजित बिष्ट र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ । चलचित्र भित्र भने यी दुइ अतिथी कलाकार रहेका छन् । गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोख्रेलको संगीत, दिग्गज धुरालीको शब्द छ । 

२४ कात्तिकबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘मेला’ बसन्त निरौला निर्देशन गरेका हुन् । सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, निरज श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।

हरि पन्तको प्रस्तुतीमा तयार भएको चलचित्रमा मनोज के मरोडियाको लगानी छ । चलचित्रमा हरि पन्तकै कथा, पटकथा, संवाद तथा सह–निर्देशन छ ।  
 
–  कार्यक्रममा निर्देशक बसन्त निरौलाले आफूहरुले ‘मेला’लाइ एउटा उत्कृष्ट चलचित्र बनाउने कोशिश गरेको बताए । 

– नायिका अशिष्मा नकर्मीले ‘मेला’मा आफूहरुले निकै मिहिनेत गरेको बताउँदै सलोन, आमेष र आफ्नो जोडी सुहाएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप