लिटिल स्टारका प्रतियोगीले देखाए प्रतिभा
काठमाडौं – ‘लिटिल स्टार २०१७’का प्रतियोगीले आफुमा रहेको प्रतिभा प्रस्तुत गरे । शनिबार राजधानीको नेपा ब्याङ्क्वेटमा आयोजित प्रतियोगीताको ट्यालेन्ट राउण्ड अन्तर्गत उनीहरुले आफुमा रहेको बिभिन्न प्रतिभा प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा अधिकाम्स प्रतियोगीले पप, आधुनिक र चलचित्रका गीतमा नृत्य गरे, भने केही प्रतियोगीले गायन, कविता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट राउण्डको जर्जको रुपमा गायक राजु महर्जन, मेकअप आर्टिस रश्मि श्रेष्ठ, नृत्य निर्देशक रोहन महर्जन, ब्यवसाही अर्जुन श्रेष्ठ, चलचित्र निर्माता दीपक कपाली लगायत रहेका थिए ।
प्रतियोगी बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिन लागेको ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौले बताए । २० भदौ अर्थात यहि मंगलबार जमल स्थित नाचघरमा एक भब्य कार्यक्रम सहित प्रतियोगीता फाइनल आयोजना हुँदैछ । फाइनलमा बिजेता तथा उपबिजेता छानिने छन् । बिजेता तथा उप–बिजेताले उपाधिका साथमा बिभिन्न उपहार समेत जित्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण