भक्तपुरमा पत्रकारहरुको कोरोना परीक्षण
भक्तपुर । सूचनाका लागि हरेक समय बाहिर हुने पत्रकारहरुलाई कोरोनाको जोखिम धेरै हुने भएकाले भक्तपुरमा स्वायव परीक्षण गरिएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संयोजनमा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा २५ जना पत्रकारहरुको कोरोना परीक्षण गरिएको हो ।
मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका स्वास्थ्यकर्मीहरुले स्वायव परीक्षण गरेका हुन् । जोखिम र विपतको समयमापनि पत्रकार अगाडी रहेर सूचना संकलन गर्नुपर्ने भएकाले जोखिम हुने देखिएर परीक्षण गरिएको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।
केही दिन अगाडी मध्यपुरथिमि नगरपालिकाका सबै जनप्रतिनिधिहरुको स्वायव परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको समेत नगरप्रमुख श्रेष्ठले जानकारी दिएका छन् । बाहिर कार्यक्षेत्र भएका पत्रकारहरुलाई जोखिम धेरै भएकाले महासंघको पहलमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले रातोपाटीलाई बताए । पत्रकारहरुको स्वायव परिक्षणको नतिजा भने भोली साँझसम्म आउने नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण