आज लकडाउनको ५४औं दिनः देशभरको जनजीवन थप प्रभावित
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लक डाउनको ५४ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन आज ५४ औं दिनमा प्रवेश गरेको हो । लक डाउनका कारण नेपाली जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द रहेका छन् । आइतबारबाट सरकारले अत्यावश्यक सेवाका कार्यालय सञ्चालनमा केही सहज गरेपछि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको छ ।
बैंक तथा वित्तिय संस्थाका सिमित कार्यालयहरु मात्रै सञ्चालनमा छन् । सरकारदे उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि अहिले सरकारले उपलब्ध गराएका सम्पूर्ण पासहरु रद्द गरिएका छन् । उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । उपत्यका भित्री गल्लिहरुमा समेत जथाभावि नहिड्न प्रशासनले निर्देशन दिएको छ ।
अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधन भने सञ्चालन गर्न दिइएको छ । स्वास्थ्य मन्त्रालयको शनिबार १ बजेटसम्मको तथ्याङ्कअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । ३६ जना उपचार पछि निको भर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण