कोरोनाबाट बच्नका लागि डेढ हप्तादेखि यो औषधी खाइरहेछन् ट्रम्प
मङ्गलबार, ०६ जेठ २०७७, ०७ : ११
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको जानकारी दिएका छन् ।
सोमबार ट्रम्पलाई मिडियाले उक्त औषधीको असरबारे प्रश्न सोधेका थिए । यसबारे ट्रम्पले भने, ‘म करिब डेढ हप्तादेखि यसको सेवन गरिरहेको छु र म यहाँ तपाईंहरु सामू उभिएको छु । मेरो तर्फबाट यही प्रमाण हो । यसबारे निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।’
मलेरिया रोगको उपचारमा प्रयोग हुने यो औषधीको ट्रम्पले सुरुमा मजाक उडाएका थिए ।
यसको प्रभावकारिताबारे अमेरिका भित्रै पनि थुप्रैको भिन्न मत छ । यसबारे क्लिनिकल ट्रायल पनि चलिरहेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण