अमेरिकामा श्वेतको तुलनामा अश्वेतहरुको किन धेरै मृत्यु भइरहेछ ?
अमेरिकामा कोरोनाभाइरसले अश्वेतहरुलाई धेरै शिकार बनाइरहेका छन् । हालै प्राप्त डाटा अनुसार कोरोनाभाइरसको संक्रमणले श्वेत अमेरिकीको तुलनामा अफ्रिकी अमेरिकी नागरिकको मृत्यु तीन गुणा बढी भएको छ ।
नयाँ आँकडालाई एपीएम रिसर्च ल्याबले बुधबार सार्वजनिक गरेको छ । एपीएम रिचर्स ल्याबले यो शोधको शीर्षक ‘कलर अफ कोरोनाभाइरस’ राखेको छ ।
कोरोनाभाइरसका कारण पूरा अमेरिकाभरी अफ्रिकी अमेरिकीहरुको मृत्युदर प्रति एक लाख जनसंख्यामा ५०.३ रहेको छ भने श्वेतहरुको २०.७ रहेको छ । यस्तै ल्याटिन अमेरिकीहरुको २२.९ र एशियाली अमेरिकीहरुको मृत्युदर २२.७ रहेको छ ।
प्रत्येक २ हजार अश्वेत जनसंख्यामा एकको मृत्यु कोभिड–१९ का कारण भएको छ । अमेरिकाको केही राज्यमा त आँकडा अचम्मित गरिदिने किसिमको छ । केन्जसमा त कोभिड–१९ का कारण श्वेतको तुलनामा अश्वेतको सात गुणा बढी मृत्यु भएको छ । वासिङ्टनमा पनि कोभिड–१९ ले अश्वेतको तुलनामा श्वेतलाई ६ गुणा बढी शिकार बनाएको छ ।
यस्तै, मिशिगनमा पाँग चुणा बढी र न्यूयोर्कमा तीन गुणा बढी छ । ट्रम्प प्रशासनका अनुसार अश्वेत र श्वेतको स्वास्थ्य स्थितीमा असमानताका कारण कोभिड–१९ ले अश्वेतहरुलाई सजिलै शिकार बनाइरहेको छ । अश्वेतमा मधुमेह, हाइपरटेन्शन र मोटोपनको समस्या धेरै हुन्छ ।
आइतबार हेल्थ सेक्रेटरी अलेक्स अजारले यसै विषमताका कारण अश्वेत धेरै निशानामा परिरहेको बताएका छन् । अश्वेतको मृत्युदर बढी हुनुको एउटा कारण आर्थिक पाटो पनि बताइएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण