पाकिस्तान विमान दुर्घटनामा नायिका र उनका श्रीमानको मृत्यु ? यस्तो छ वास्तविकता
शुक्रबार दिउँसो पाकिस्तानको कराँचीमा एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भयो । पाकिस्तानी मिडियाका अनुसार पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)ले लाहोरबाट कराँचीका लागि उडान भरेको थियो जुन कराँचीको विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनाग्रस्त भयो । प्राप्त जानकारीका अनुसार विमानमा ९८ जना सवार थिए । विमान दुर्घटनापछि सोसल मिडियामा पाकिस्तानी नायिका आयजा खान र उनका श्रीमानको मृत्यु भएको खबर भाइरल हुन थाल्यो जसमा नायिका आयजाले रोष व्यक्त गरेकी छिन् ।
आयजा खानले सोसल मिडियामा भाइरल भइरहेको आफ्नो र श्रीमान् दानिश तैमुरको मृत्युबारे प्रतिक्रिया दिँदै आफू र आफ्ना श्रीमान् पूर्ण रुपमा ठिक भएको बताएकी छिन् । यसबाहेक नायिकाले मानिसहरुलाई गलत समाचार नफैलाउनका लागि अपिल गर्दै यस्तो प्रकारको अफवाहमाथि विश्वास नगर्न अपिल गरिन् ।
नायिकाले इन्स्टाग्राम पोस्टमा लेखिन्, ‘यस्तो प्रकारको अफवाह फैलाउन बन्द गर्नुहोस् । म र मेरा श्रीमान् पूर्ण रुपमा ठिक छौं । कुनै पुष्टि बिना नै जे पनि लेख्ने मानिसहरुलाई भगवानले सद् बुद्धि दिऊन् । अल्लाहले हामी सबैको हिफाजत गरुन् र जसको यो दुर्घटनामा मृत्यु भएको छ, उनीहरुका आफन्तलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् ।’
आयजा खान पाकिस्तानकी चर्चित नायिका हुन् र अहिलेसम्म उनले थुप्रै सुपरहिट टिभी सिरियलमा काम गरिसकेकी छिन् । ‘प्यार अफजल’, ‘मेरी जिन्दगी है तू’, ‘सारी भूल हमारी थी’, ‘थोडा सा हक और अधुरी औरत’ जस्ता थुप्रै टिभी सिरियलमार्फत् आयजाले चर्चा बटुलिसकेकी छिन् ।
स्रोतः न्यूज18
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण