त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव सञ्चालन
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन् । नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न उनले आग्रह गरिन् । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने पनि उनले बताइन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाव परीक्षण गर्ने क्षमताको ल्याव स्थापना भएको बताए । अहिले पुरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उनले बताए ।
यो सँगै देशभरी पीसीआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन् । संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ । त्रिविसँग तीनवटा पीसीआर मेसिन रहेका छन् । त्रिविले देशभरी रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि तिन वटै तहका सरकारसँग आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण