चिनियाँ राष्ट्रपतिले सेनालाई भने, ‘युद्धका लागि तयार रहनू’
चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् ।
जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला दिएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव तथा करिब २० लाख सैनिकका सेना प्रमुख ६६ वर्षीय जिनपिङले सीमामा तनाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई निशाना बनाउन तयारी गरिरहेकोले सेनाले खराब स्थितीका लागि तयार रहनुपर्ने बताएका छन् ।
जिनपिङको भनाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘सेनाले सबैभन्दा खराब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर युद्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनुपर्छ र विभिन्न जटिल परिस्थितीसँग तुरुन्त र प्रभावकारी तरिकाले जुध्नुपर्छ । साथै, पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नुपर्छ ।’
जिनपिङको यो टिप्पणी लद्दाखमा भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण