बर्दियामा क्वारेन्टिनमा बसेका बृद्धको मृत्यु
बुधबार, १४ जेठ २०७७, १२ : ४०
बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
ज्याला मजदूरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो । उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण