रौतहटमा आज फेरि थपिए ५६ जना, संक्रमितको संख्या १८३ पुग्यो
रौतहट । रौतहटमा शुक्रवार अपरान्ह ५६ जना कोरोना भाईरसको संक्रमित थपिएका छन् । रौतहटमा योसहित संक्रमितको संख्या १ सय ८३ पुुगेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठकाअनुसार राजपुर नगरपालिकामा ३३, ईशनाथमा १५, मौलापुरमा ६ र बौधीमाईमा २ जना गरी ५६ जनामा कोरोना भाईरस पुष्टी भएको हो ।
हिजो साँझ जिल्लामा संक्रमितको संख्या १ सय २७ पुगेको थियो । शुक्रवार पुष्टि भएका संक्रमितहरुको स्वाब संकलन गरी जाँचको लागी पठाइएको थियो । संक्रमित सबैजना घरका मानिसको सम्पर्कमा नआएका कारण अन्यलाई जोखिम नहुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा संक्रमितको संख्या बढदै गए पनि जिल्ला सदरमुकाम गौरबाहेक प्राय सबै स्थानमा लकडाउन उल्लंघन भइरहेको छ । गरुडा, कटहरिया लगायत ग्रामीण भेगका सबै पसलहरु निर्वाध रुपमा खुलिरहेका छन् । बिना मास्क सामाजिक दूरीको बेवास्ता गर्दै बजारहरुमा दैनिकजसो भीड लागिरहेकाले जिल्लामा कोरोना भाईरसबाट संक्रमणको जोखिम बढदै गएको स्थानीयहरुले बताउँदै आएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण