शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालीमाटी वृत्तमा कार्यरत २२२ प्रहरीको कोरोना नेगेटिभ, ९ जनाको रिपोर्ट आउन बाँकी

शनिबार, १७ जेठ २०७७, ११ : ३३
शनिबार, १७ जेठ २०७७

काठमाडौँ – महानगरीय प्रहरी वृत्त कालीमाटी मातहत क्षेत्रमा कार्यरत २ सय २२ जना प्रहरीको कोरोना परीक्षण नेगेटिभ आएको छ । गत ७ जेठमा दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त नै सिल गरिएको थियो ।

उनीहरुमा संक्रमण पुष्टि भएसँगै वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई सिल गरेर कोरोना भाइरसको संक्रमणको आशंकामा २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेकोमध्ये ९ जनाको रिपोर्ट आउन बाँकी छ ।

२३१ मध्ये २२२ जनाको रिपोर्ट नेगेटिभ आएको र थप ९ जनाको रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनले भने, ‘बाँकी ९ जनाको आरडीटी रिपोर्ट पर्खिरहेका छौं ।’

संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन् । बाँकी ९ जनाको रिपोर्ट पनि नेगेटिभ आएमा सबैलाई आ–आफ्नो जिम्मेवारीमा फर्काइने एसएसपी ज्ञवालीले बताए । 

यस्तै, कोरोना संक्रमण भएका दुवै प्रहरी सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ अस्पतालबाट रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप