रेमडेसिविरको खासै असर छैन, हाइड्रोक्सिक्लोरोक्विनमाथि निर्णय आज
कोरोनाभाइरसको सम्भावित उपचार मानिँदै आएको उपचार रेमडेसिविरको प्रयोगपश्चात् यसले मध्यम लक्षण देखिएका बिरामीलाई केही राहत दिएको पत्ता लागेको छ । औषधी निर्माता कम्पनी जिलिएडले कम अवधिका लागि यो औषधीको सेवन गरेकाहरुको नतिजा राम्रो रहेको बताएको छ । कम्पनीको तर्फबाट गरिएको यस्तो घोषणा पछि कम्पनीको सेयरको मूल्य चार प्रतिशतसम्म खस्कियो ।
यसैबीच विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको ट्रायल रोक्ने आफ्नो निर्णयमाथि थप के गर्ने भन्ने बारे मंगलबार निर्णय गर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मलेरियाको यो औषधीको समर्थन गरेका छन् । मेडिकल जर्नल लेसेन्टमा प्रकाशित एक अनुसन्धानले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगले बिरामीको मृत्युदरमा वृद्धि भइरहेको दाबी गरेको छ । यो अनुसन्धानपछि विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको ट्रायल रोकेको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण