काश्मिरमा १ जना मारिए: भारतीय प्रहरी
मङ्गलबार, २० जेठ २०७७, १६ : ०१
एजेन्सी । भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ । काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ ।
काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ । उक्त प्रहरी कार्यालयका अनुसार सो क्षेत्रमा प्रहरीको कारबाही भने जारी रहेको छ ।
यसअघि सोमबार मात्र पनि भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा तीन जना आतंककारी मारिएका भारतीय सेनाले जानकारी दिएको थियो । त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण