ओखलढुङ्गामा लकडाउनका बेला महिला हिंसा बढ्यो
–रामहरि श्रेष्ठ
ओखलढुंगा । नेपालमा लकडाउन सुरु भएसँगै ओखलढुंगाका महिलाहरु हिंसाको शिकार बन्न थालेका छन् । जिल्ला प्रहरी कार्यलयकाअनुसार लकडाउनको समयमा हिंसा पीडित महिलाहरु उत्तिकै मात्रामा उजुरी लिएर आउने गरेका छन् । प्रहरी निरीक्षक मिलनसिंह बस्नेतकाअनुसार गत चैत्र ११ गतेदेखी जेष्ठ २० गतेसम्मको अवधिमा ओखलढुंगामा ११ वटा हिंसाका घटना दर्ता भएका छन् । यीमध्ये अधिकांश घरायसी हिंसाका घटना रहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।
घरायसी हिंसामा परेका महिलाले घर परिवारका सदस्यबाटै हिंसा भोग्नुपरेको उजुरी लिएर आउने गरेका छन् । प्रहरीले त्यस्ता घटनालाई पीडित र पीडक दुबै पक्षलाई झिकाएर सकेसम्म मिलापत्र गरेर पठाउने गरेको छ । जिल्ला प्रहरी कार्यलयमा आएका ११ मध्ये ९ वटा घरायसी उजुरीलाई मिलपत्र गरेर पठएइएको छ भने बाँकी दुईओटा उजुरीउपर मुद्धा दायर गरिएको छ । एक महिनाअघि चम्पादेवी गाउँपालिकाका १६ वर्ष मुनिका एक बालकले बालिकालाई जवरजस्ती करणी गरेर गर्भवती बनाएको भन्दै उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान पछि मुद्धा दायर गरेर बाल सुधारगृमा राखिएको छ ।
त्यस्तै गत जेठको पहिलो साता बाल यौन दुरुपयोग गरेको आरोपमा मानेभञ्ज्याङ्ग गाउँपालिकाका एक पुरुषलाई पक्राउ गरी मुद्धा चलाइएको छ । उनले आफ्नै छोरीमाथि यौन दुरुपायोग गरेको आरोप छ । प्रहरी निरिक्षक मिलनसिंह बस्नेतकाअनुसार लकडाउनको समयमा हिंसापीडित नागरिक रिपोर्ट गर्न प्रहरी समक्ष आउन सकेका छैनन् । गाउँघरमा हिंसापीडित नागरिकहरु बढिरहेको भएपनि गाउँमै मिलापत्र हुने गरेको उनको अनुमान छ । यसअघिको तथ्याङकअनुसार जिल्लामा महिला हिसांका घटनाहरु उल्लेख्य हुने गरेका छन् ।
लकडाउनको अवधिमा महिला तथा बालिका हिंसाका घटना बढी रहेको महिलाअधिकारकर्मी धनकुमारी कार्कीले बताइन् । गाउँघरमा हिंसाका घटनाहरु बढिरहेको भएपनि प्रहरी तथा सबन्धित निकायसम्म कम मात्रै आउने गरेको उनको आङ्कलन छ । पछिल्लो तथ्याँकअनुसार धेरै हिंसा पीडित महिलाहरु आफुहरुको सम्पर्कमा आएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : प्रदेश प्रहरी प्रमुख खापुङ
-
दाङमा दुई महिलाको हत्या
-
एकोहोरो मिडिया ट्रायल गरेर रवि दोषी ठहर हुन्छन् ? : सूर्य थापा
-
गिरिबन्धु टी स्टेटको पूर्णपाठ सार्वजनिक : तीन बुँदे परमादेश र निर्देशन जारी
-
पनौतीको कला–सम्पदामाथि जोडिन पुगेको आधुनिक कलादीर्घा
-
‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण