युएईमा नेपाली महिलाको बिचल्लीः इराक लान्छु भन्दै आमालाई दलालले फसायो, छोरी बेपत्ता
युएई । इराक र कुवेत लैजान्छु भन्दै दलालमार्फत युएई ल्याईएका ३ नेपाली महिला बिचल्लीमा परेका छन्। गत फागुनमा भारतको नयाँ दिल्ली हुँदै युएई आईपुगेका गोरखा च्याङलिङकी मन्जु घले तामाङ, दाङ लालमट्टे–३ कि बिमला दमै र सिनधुपाल्चोक बोल्दी–६ कि सुक्रानी तामाङ बिचल्लीमा परेका हुन् । आमासँगै आएकी सुक्रानी तामाङकी छोरी सोम्बो तामाङ बेपत्ता छिन्।
चौध दिनदेखि ९ महिनासम्म भारतमा राखेर उनीहरुलाई नेपालका एजेण्ट हिमाली तामाङ, शकर तामाङ, धना र साईला थिङ मिलेर गत फागुनको दोश्रो साता युएईको अजमानमा ल्याएका थिए। युएईका एजेन्ट बंगाली नागरिकले उनीहरुलाई प्रतिव्यक्ति १४ हजार दिराममा स्थानीय म्यानपावर एजेन्सीलाई बेचे।
‘ईराक र कुवेत लैजान भन्दै युएई ट्रान्जिट बनाएका उनीहरुलाई एजेन्टले बेचेको पत्तो भएन’ गोरखाकी मन्जु घले भन्छिन्। ‘हामीहरुलाई यतै काम गर्न दवाब दियो, पसलमा राख्थो, अरबी लगायत अन्य मुलका नागरिकहरु आएर हाम्रो मोलमोलाइ गर्थे। हाम्रो मूल्य १४–१५ हजार दिर्हाम थियो। महँगो भएर नै कतै काम गर्न पाईएन।’
‘रुममा थुनेर राखियो, पीडित विमला दमै भन्छिन्। एक छाक खान पनि धौ–धौं, फोहोर पनि खाएर महिनौं बस्यौं। सँधैजसो बंगाली एजेण्टले पिट्दै मार्दिन्छु भनेर धम्क्याउँदै मानसिक यातना दिन्थ्यो। त्यसैले हामी बस्न नसकेर भाग्यौँ।’
सिन्धुपाल्चोककी सुक्रानी तामाङको पीडा पनि एउटै छ। तर उनीसँगै आएकी आफ्नो छोरी सोम्बो तामाङलाई बंगाली एजेण्टले बेपत्ता बनायो। उनले अहिलेसम्म आफ्नी छोरीलाई भेट्न सकिकी छैनन् ।
पीडित उनीहरु अहिले एनआरएनए अलऐनको सम्पर्कमा आईपुगेका छन्।उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर नेपाल फर्काउने दूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण