मुम्बई क्षेत्रमा आँधी अघिको सन्नाटाः कैयौँ गाउँ खाली गराइयो
एजेन्सी । भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । सो आँधी महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको पनि बताइएको छ ।
सो आँधी दक्षिणपूर्वी अरब सागरमा विकास भएको भनिएको बताइएको छ । भारतको मौसम विभागले आँधी एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बई र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी पनि दिएको छ ।
विशेषगरी महाराष्ट्र प्रदेशमा आँधीको बढी प्रभाव रहने बताइएको छ । आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौँ मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुम्बइ र गुजरातमा हावाहुरी सहित मुसल्धारे पानी पर्ने चेतावनी यहाँका मौसमविद्हरुले दिएका छन् । उनीहरुको अनुमानका कारण सम्भावित प्रभावित क्षेत्र खाली गराउनुको साथै अन्य सतर्कता अपनाइएको बताइएको छ ।
यहाँका स्थानीय अधिकारीहरुले ठूलो संख्यामा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरु खटाइएको बताएका छन् । प्राप्त समाचारमा आज बेलुका आठ बजेसम्म आँधीसहितको वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । स्थानीय प्रशासनहरुले आज राति आठ बजेसम्म र त्यसपछि पनि आज रातिसम्म सम्भावित क्षेत्रका मानिसहरुलाई सचेत रहन भनेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण