मोटरसाईकलबाट लडेर फुपुको मृत्यु, भदा प्रहरी नियन्त्रणमा
रौतहट । रौतहटमा गुडिरहेको मोटरसाईकलबाट लडेर एक बृद्ध महिलाको मृत्यु भएको छ । फतुआ विजयपुर ५ कि ६० वर्षीया रमसखियादेवीको गरुडामा सामान्य उपचारपछि थप उपचार को लागि बीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रदेश २ ,३००१ प ४०२९ नम्बरको मोटरसाइकलबाट गरुडा नपा ५ महम्मदपुर नजिकै ती महिला लडेकी थिईन् । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि बीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
मोटरसाइकल र चालक फतुवा बिजयपुर ५ का दरोगा यादवको छोरा २० वर्षीय सञ्जिव यादवलाई नियन्त्रणमा लिइएको डिएसपी महतोले बताए । नातामा भदा पर्ने सञ्जिवले फुपु रमसखियालाई आज बिहान घरबाट काम विशेषले गरुडा लिएर जाँदा दुर्घटना भएको हो । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ । पक्राउ सञ्जिव यादवुँग सवारी चालक अनुमतिपत्र नरहेको र घटनाबारे थप अनुसन्धान भैइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण