अमेरिकामा रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड
एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो ।
प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ । गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो । अश्वेत ती व्यक्तिलाई श्वेत अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ । हत्याको घटना प्रष्ट हुने भिडियो समेत सार्वजनिक भएको छ ।
भिडियो नै सार्वजनिक भएको र सर्वत्र दवावपछि दोषी देखिएका प्रहरीलाई सरकारले सेवाबाट बर्खास्त गरेर कानुनी कारबाही प्रक्रिया शुरु गरिसकेको छ । तर पनि देशभरी विभिन्न स्वरुपमा आन्दोलन भइरहेको छ भने जनधनको समेत क्षति भएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशका तीन दर्जनभन्दा बढी सहरहरुमा कफ्र्युसमेत लगाउनुपरेको छ । आन्दोलन भएको एक हप्ताभन्दा बढी भइसकेको छ ।
गान्धीको प्रतिमामाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ । तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण