बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पहिलो एकल साँझको लागि अभ्यासमा अन्जु

बुधबार, २१ भदौ २०७४, १५ : ४२
बुधबार, २१ भदौ २०७४

काठमाडौं –  सयौको हाराहारीमा  लोकप्रिय गीत गाएकी गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियन मार्फत उनी एकल साँझमा उत्रिन लागेकी हुन् । 
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा अन्जुले आफ्ना जीवनकालका चर्चित आधा दर्जन गीत सुनाउने तयारी गरेकी छन् । २७ जना वाद्यवादकको टोलीका साथ उनले एकल साझका लागि मंगलबारबाट राष्ट्रिय नाचघरको प्रांगणमा अभ्यास सुरु गरेकी छन् । 
करिब दुई घन्टा चल्ने एकल साँझमा अन्जुले चलचित्र गीतसँगै सुगम संगीतका  गीत पनि गाउने तयारी गरिरहेकी छिन् । उनले पछिल्लो समय चलेका ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘सुर्के थैली’सँगै सुगम संगीतमा सर्वाधिक लोकप्रिय रहेका ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘जिन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ आदि गीत गाउने तयारी गरिरहेकी छन् । 
गायिका अन्जुले एकल साँझबाट उठेको पैसा परोपकारी काममा खर्चिने पहिले नै घोषणा गरेकी छिन् । उनले एकल साँझबाट हुने फाइदाको रकम  पर्दा पछाडि काम गर्ने रेकर्डिस्टको संस्था रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब जेहनदार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताएकी छिन् । 
एकल साँझबाट उठेको रकम अन्जु पन्त फाउन्डेसनको माध्यमबाट बालबालिकाका लागि खर्च गरिने छ । 
एकल साँझमा सहभागिताका लागि टिकट मूल्य ३ हजार, २ हजार र १ हजार राखिएको छ । 

– अन्जुले पहिलो एकल साँझका लागि आफू एकदमै उत्साहित भएको बताएकी छिन् । ‘दुई दशक लामो सांगीतिक यात्रामा मैंले एकल एल्बम र गायन गर्न पाएको थिइँन । त्यो मध्ये एकल गायनको अवसर पाएको छु । ’ उनले थपिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप