दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुल्ने
एजेन्सी । गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन् । भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ । सोहीअनुसार भारतीय राजधानी नयाँ दिल्लीका साथै दिल्ली राज्यका मन्दिरहरु सोमबारदेखि खुला गरिएको बताइएको छ ।
नयाँ दिल्लीबाट प्राप्त समाचारमा त्यहाँको जामा मस्जिदलगायत अरु धेरै धार्मिकस्थलहरुका साथै साइबाबा मन्दिर र गुरुद्धारा पनि खुला गरिएको बताइएको छ । तर सोमबार बिहानै भने यहाँको जामा मस्जिदमा धेरै भक्तजनहरुको उपस्थिति भने नदेखिएको पनि सो समाचारमा जनाइएको छ ।
नयाँ दिल्लीका यी धेरैजसो मन्दिरहरु आज खुलेको भएपनि त्यहाँ कमै मात्रामा दर्शनार्थीहरु जम्मा भएका थिए । तर त्यहाँ पुगेकाहरुले भने आफूहरुले लामो समयपछि मन्दिर पुगेर पाठपूजा गर्न पाउँदा निकै खुसी भएको बताएका थिए ।
ती मन्दिर तथा तीर्थस्थलहरुमा पुगेका नागरिकहरुलाई स्यानिटाइजर तथा दिनुका साथै आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाउन भनिएको थियो । उनीहरुलाई आवश्यक स्वास्थ्य मापदण्डहरु पूरा गरेर मात्र मन्दिरभित्र प्रवेश गराइएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण