कोरोनाभाइरस विश्वव्यापी रुपमा थप खतरनाक भएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त
मङ्गलबार, २७ जेठ २०७७, ०७ : ४९
केहि देशमा कोरोनाभाइरसको संक्रमितको संख्यामा पहिलेको तुलनामा कमी आएता पनि विश्वव्यापी रुपमा यो थप खतरनाक भइरहेको छ ।
यो भनाई विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियासिसको हो ।
उनले पत्रकारसँगको कुराकानीमा पछिल्लो ९ दिनभित्र एक लाख बढी संक्रमित भेटिएको जानकारी दिए । र जतिपनि संक्रमित हिजो देखिएका छन् तीमध्ये ७५ प्रतिशत त १० देशका मात्रै नागरिक भएको बताए । तीमध्ये पनि धेरैजसो संक्रमित अमेरिका र दक्षिण एसियाका हुन् ।
यद्यपि, टेड्रोसले केही देशको स्थितीमा सकारात्मक परिवर्तन आएको पनि बताए ।
उनले भने, ‘विभिन्न अध्ययनले यो कुरा स्पष्ट हुन्छ कि विश्वव्यापी स्तरमा अहिले पनि एउटा ठूलो जनसंख्या संक्रमणको हिसाबले अति –संवेदनशील छन् ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण