बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस विश्वव्यापी रुपमा थप खतरनाक भएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त

मङ्गलबार, २७ जेठ २०७७, ०७ : ४९
मङ्गलबार, २७ जेठ २०७७

केहि देशमा कोरोनाभाइरसको संक्रमितको संख्यामा पहिलेको तुलनामा कमी आएता पनि विश्वव्यापी रुपमा यो थप खतरनाक भइरहेको छ ।

यो भनाई विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियासिसको हो ।

उनले पत्रकारसँगको कुराकानीमा पछिल्लो ९ दिनभित्र एक लाख बढी संक्रमित भेटिएको जानकारी दिए । र जतिपनि संक्रमित हिजो देखिएका छन् तीमध्ये ७५ प्रतिशत त १० देशका मात्रै नागरिक भएको बताए । तीमध्ये पनि धेरैजसो संक्रमित अमेरिका र दक्षिण एसियाका हुन् ।

यद्यपि, टेड्रोसले केही देशको स्थितीमा सकारात्मक परिवर्तन आएको पनि बताए ।

उनले भने, ‘विभिन्न अध्ययनले यो कुरा स्पष्ट हुन्छ कि विश्वव्यापी स्तरमा अहिले पनि एउटा ठूलो जनसंख्या संक्रमणको हिसाबले अति –संवेदनशील छन् ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप