चिरञ्जिवीलाई अन्तिम पटक अँगालो हाल्दै भक्कानिइन् गर्भवती श्रीमती मेघना, दुई वर्ष अघि मात्रै भएको थियो विवाह
चर्चित कन्नड अभिनेता चिरञ्जिवी सरजाको अन्तिम संस्कार सोमबार बेंगलुरुको कनकपुरास्थित उनको फार्महाउसमा गरियो । यसका केही फोटो र भिडियो सोसल मिडियामा सार्वजनिक भएका छन् । यसमा सरजाकी श्रीमती मेघनाले उनलाई अन्तिम विदा गरिरहेको देख्न सकिन्छ ।
पूजा पाठपछि सरजाको पार्थिक शरीरलाई गाड्नका लागि लैजाने तरखर गर्दा मेघनाले अन्तिम पटक उनलाई अँगालो हालिन् र भक्कानिएर रोइन । केहि बेरसम्म उनी सरजाको पार्थिव शरीरलाई अँगालो हालिरहिन् । त्यति नै बेला उनले श्रीमानको निधारमा चुमिन् र गालालाई हातले सुम्सुमाइन् । त्यसपछि उनका आफन्तले उनलाई सम्हाले ।
दुई वर्ष अघि भएको थियो विवाहः
दुई वर्ष अघि चिरञ्जिवीले कन्नड नायिका मेघना राजसँग विवाह गरेका थिए । तर उनी आफ्नो बच्चाको अनुहार हेर्न नपाइ संसारबाट बिदा भए । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार मेघना गर्भवती छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै