बर्दियाको न्यू वर्षा सप्लायर्समा आगजनी
बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लायर्समा आगजनी भएको छ । गाडी दुर्घटनाका विषयमा पीडितले न्याय नपाएको जनाउँदै आगजनी गरिएको स्थानीयवासीले बताएका छन् ।
गत वैशाखमा राजापुर–१० मा भएको गाडी दुर्घटनाका विषयलाई लिएर स्थानीयवासीले पसलका सामान बाहिर निकाली सप्लायर्समा आगजनी गरेको राजापुर –६ का वडाध्यक्ष महेश चौधरीले बताए ।
स्थानीय प्रहरी प्रशासनले पीडितलाई सहमतिमा नल्याएर एकलौटी निर्णय गर्दै गाडी चालक वर्षा सप्लायर्सका प्रोप्राइटर हिमाल गौतमलाई धरौटीमा २२ दिनमा छाडिएका कारण आगजनी गरिएको स्थानीयवासीले बताएका छन् ।
तोडफोडमा करीब रु ८७ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । गत वैशाख ३० गते भे १ च ३४३१ नम्बरको जीप र से ५ च ४३३२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक राजापुर ६ महादेउलीका ३८ वर्षीय सोमनाथ थारुको उपचारका क्रममा गुलरियामा ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण