आमाको चिहान नजिकै गाडिनेछ जर्ज फ्लोयडको शव
अफ्रिकी अमेरिकी जर्ज फ्लोयडको अन्तिम संस्कारका बेला रङ्गभेदविरुद्ध मानिसहरुको भावना स्पष्ट देख्न पाइएको छ ।
टेक्सस प्रदेशको ह्यूस्टटन शहरमा उनको अन्तिम संस्कारका लागि सयौं संख्यामा मानिसहरु जम्मा भए ।
उनको अन्तिम संस्कारमा समावेश भएका थुप्रै मानिसहरुले जर्जलाई सधैं यस्ता व्यक्तिको रुपमा याद गरिने बताए जसको एउटै अपराध थियो कि उनी जन्मँदा ‘काला’ थिए ।
२५ मे मा मिनियापोलिसमा एक प्रहरी अधिकारीले फ्लोयडलाई पक्राउ गर्नेबेला लगभग ९ मिनेटसम्म आफ्नो घुँडाले उनको घाँटी थिचेका थिए जसका कारण उनको मृत्यु भएको थियो ।
यसका लागि चार प्रहरी अधिकारीविरुद्ध कारवाही गरियो ।
जर्जको कफिनलाई ह्यूस्टन मेमोरियल गार्डमा उनकी आमासँगै गाडिनेछ ।
फ्लोयडका एक आफन्तले कानूनमा परिवर्तनको आह्वान गरेका छन् । उनका अनुसार अहिलेको कानून अश्वेत व्यक्तिहरुलाई वञ्चित गर्नका लागि नै बनाइएको थियो ।
ह्यूस्टनको द फाउन्टेन अफ प्रेज चर्चमा फ्लोयडलाई श्रद्धाञ्जली दिनेमा सर्वसाधारणका साथै थुप्रै राजनेता पनि समावेश थिए ।
अमेरिकाका पूर्व उपराष्ट्रपति तथा यो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका प्रत्याशी जो बाइडनले ह्यूस्टनमा जर्ज फ्लोयडका आफन्तसँग भेट गरेर आफ्नो समवेदना प्रकट गरे ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण