मुम्बईले ऊहानलाई उछिन्यो
भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना संक्रमितको संख्या बढेर ५१ हजार पुगेको छ । यो आँकडा ऊहान शहरको त्यतिबेलाको आँकडाभन्दा पनि बढी हो जतिबेला त्यहाँ कोरोनाभाइरसको संक्रमण चरम अवस्थामा थियो ।
चीनको ऊहान शहरबाटै कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो ।
भारतमा संक्रमितको संख्या २ लाख ७६ हजारभन्दा बढी छ र महाराष्ट्र देशको सबैभन्दा प्रभावित राज्य हो । जहाँ संक्रमणका ९० हजार बढी संक्रमित छन् ।
मुम्बईका साथै देशको राजधानी दिल्लीमा पनि संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ ।
दिल्लीमा सरकारको तर्फबाट जुलाईको अन्त्यसम्म राजधानी दिल्लीमा संक्रमितको संख्या पाँच लाखसम्म पुग्न सक्ने बताइएको छ ।
भारतमा भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि लगभग तीन महिनाका लागि लकडाउन थियो । तर अब यो खुकुलो बनाइएको छ ।
विशेषज्ञका अनुसार जसरी भारतमा हरेक दिन संक्रमितको संख्या बढ्दो छ, त्यसमार्फत भारतमा कोरोनाभाइरस संक्रमणको उच्च बिन्दु अहिलेसम्म आइनसकेको अनुमान लगाउन सकिन्छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
-
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
-
सर्वोच्चको व्याख्या : ‘चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराध हैन, ठगीमा सजाय हुन्छ’
-
कोशीका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतविभाजन सुरु
-
अदालत गए उपेन्द्र यादव
-
दलहरूबिच सहमति भई सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री प्रचण्ड