कोरोनाभाइरसको महामारी सम्हाल्न जर्मनीको रणनीतिबाट सिक्नुपर्ने पाठ
बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ९० हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या ४१ हजार पार भएको छ ।
कोरोनाभाइरसको महामारीबारे सरकारको तर्फबाट हुने दैनिक पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोनसनसमेत सरकारका प्रमुख स्वास्थ्य सल्लाहकार क्रिस विटी र प्रमुख वैज्ञानिक सल्लाहकार सर पेट्रिक पनि उपस्थित थिए ।
पत्रकार सम्मेलनमा बोरिसले सरकारले लकडाउन खुकुलो बनाउनका लागि पाँच प्रकारको परीक्षण गरेको र त्यसमा बेलायत पास भएको जानकारी दिए ।
शनिबारदेखि बेलायतमा एक्लै बस्ने मानिसहरु अन्य व्यक्तिसँगको सम्पर्कमा आउन सक्नेछन् । बेलायतका चिडियाघर पनि केही शर्तसहित खोल्ने अनुमती दिइनेछ ।
दुई मिटरको सामाजिक दुरीबारे कुरा गर्दै प्रधानमन्त्रीले यसलाई खुकुलो बनाउनुअघि संक्रमण सन्तुलित हुन आवश्यक भएको बताए ।
क्रिस विटीले सुरुवाती समयदेखि नै पाठ सिक्न अत्यावश्यक भएको बताउँदै सुरुवाती समयमा नै परीक्षण तीब्र रुपमा हुन सक्थ्यो भन्ने धारणा व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा जब एक पत्रकारले विटीलाई ‘महामारीलाई सम्हाल्दै गर्दा तपाईंको सबैभन्दा ठूलो पश्चाताप के हो ?’ भन्ने प्रश्न सोधे ।
यसमा जवाफमा उनले भने, ‘समय हुँदा नै परीक्षणको दायरा फराकिलो पार्न सकिन्थ्यो जतिबेला कोरोनाभाइरसको महामारी सुरु भएको थियो । उनले यसका लागि जर्मनीमा अपनाइएको रणनीतिको उदाहरण दिए ।
चार अप्रिलसम्म जर्मनीमा कोरोना भाइरस परीक्षणका लागि १ सय ३२ वटा प्रयोगशाला प्रयोग भइरहेको थियो र त्यहाँ दैनिक १६ हजार बढी परीक्षण भइरहेको थियो ।
त्यतिबेलासम्म जर्मनीमा १३ लाख भन्दा बढीको परीक्षण भइसकेको थियो ।
१० अप्रिलसम्म बेललायतमा ३ लाख १६ हजार ८ सय ३६ को परीक्षण भएको थियो र त्यो महिनाको अन्त्यसम्म बेलायतले हरेक दिन एक लाख परीक्षणको आफ्नो लक्ष्य पूरा गर्न सकेको थिएन ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण