भित्र यति शानदार देखिन्छ सैफ–करिनाको पटौदी महल
सैफ अली खान बलिउडका एकमात्र यस्ता नायक हुन् जसको महल छ । उनको महलको नाम पटौदी प्यालेस हो जसलाई अब सैफ अली खानको नाममा राखिएको छ । तर यो पाउनु सैफ अली खानका लागि सहज भने थिएन । सैफले एक अन्तरवार्तामा उनको पिता मंसुर अली खान पटौदीको निधनपछि पटौदी प्यालेस ऋणमा डुबेको खुलासा गरेका थिए । यसलाई फिर्ता पाउनका लागि सैफले भारी मूल्य चुकाउनुपरेको थियो ।
सैफ करिनाको यो कोठी हरियाणाको गुडगांवमा छ । यसलाई इब्राहिम कोठीको नामले पनि चिनिन्छ । सैफ अली खानको यो महल भित्रबाट कस्तो देखिन्छ, त्यो हेरौं ।
सैफ अली खानको पटौदी प्यालेस गुडगांवबाट २६ किलोमिटर टाढा छ, यसको मूल्य ८ सय करोड भारु हो । पटौदी परिवारको इतिहास २ सय वर्ष पुरानो भएपछि यो महल बनेको ८१ वर्षमात्रै पुगेको छ ।
करिब १० एकड जमिनमा फैलिएको यो महलमा १५० वटा कोठा छन् । जसमध्ये सात ड्रेसिङ रुम, सात बेडरुम, सात बिलियर्ड रुम, साथै ड्रइङ रुम र डाइनिङ रुम समावेश छन् ।
पटौदी प्यालेसको निर्माण सन् १९३५ मा ८ औं नवाब तथा भारतीय टीमका पूर्व कप्तान इफ्तिखार अली हुसैन सिद्दीकीले गराएका थिए ।
यो महलमा ठूलो खेलमैदान, घोडाको तबेला र ग्यारेज छ । यो अत्यधिक सुविधासम्पन्न महलको चारैतिर महँगो पेन्टिङ र एटिक्स छन् ।
दिल्लीको कनट प्यालेसलाई डिजाइन गर्ने रोबर्ट टोर रसेलले सन् १९०० को सुरुवातमा पटौदी प्यालेस डिजाइन गरेका थिए ।
सैफ अली खान धेरैजसो आफ्नो परिवारसँग पटौदी प्यालेस गइरहन्छन् । जहाँ उनी आफ्नो परिवारसँग बिदासमेत मनाउने गर्छन् ।
गत वर्ष सैफ अली खान आफ्नी श्रीमती अर्थात् करिना कपुर खान र छोरा तैमुर अली खानसँग यहाँ बिदा मनाउन पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण