पाकिस्तान प्रशासित कश्मीरलाई भारतको भनेपछि दुईजनाको जागिर चट्
पाकिस्तानको सरकारी टिभी च्यानल पीटीभीले ‘पाकिस्तानको गलत नक्सा’ प्रसारण गरेको भन्दै आफ्नो दुई कर्मचारीलाई जागिरबाट निष्कासित गरेको छ ।
उक्त नक्शामा कश्मीरको त्यो हिस्सालाई भारतको हिस्सा भनेर देखाइएको थियो जसलाई पाकिस्तानले आफ्नो हिस्सा बताउने गर्छ तर भारतले पनि त्यसमाथि आफ्नो दाबी जताउने गर्छ ।
पीटिभीमा उक्त नक्सा प्रसारण भएपछि पाकिस्तानमा विवाद निम्तिएको छ र संसदको माथिल्लो सदन सिनेटमा पनि जून ८ मा यो विषयमा चर्चा भएको थियो ।
त्यसपछि सिनेटका चेयरम्यान सादिक संजरानीले यसलाई सूचना तथा प्रसारणमा संसदीय समिति समक्ष पठाएको थियो ।
सोसल मिडियामा पीटिभीको आलोचनाः
विवाद बढ्न थालेपछि बुधबार पीटिभीले आफ्ना दुई कर्मचारीलाई जागिरबाट निकालेको जानकारी ट्वीटरमार्फत् दियो ।
पीटिभीले यसबारे जानकारी दिँदै भनेको छ, ‘६ जूनमा पीटिभी न्यूजमा पाकिस्तानको गलत नक्सा प्रसारणका लागि जिम्मेवार दुई अधिकारीको कार्यकाल समाप्त गरिएको छ ।’
पाकिस्तान सरकारका केही मन्त्रीले यसबारे खुल्ला रुपमा सोसल मिडियामा पीटिभीको आलोचना गरेका थिए ।
पाकिस्तानको विज्ञान तथा प्रविधि मन्त्री चौधरी फवाद हुसैनले यो मुद्दा उठाउँदै पीटिभीका महानिर्देशकमाथि निशाना साँधेका थिए ।
चौधरीले आफ्नो ट्वीटमा भनेका थिए, ‘यो लज्जास्पद छ, पीटिभीका अध्यक्ष अरशद दान यति लामो समयदेखि च्यानलका मुखिया हुन्, उनले बिर्सिए कि उनी पीटिभीका एमडी हुन्, दुरदर्शनका होइन ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण