आयल इन्डियाको खानीतर्फ फैलिँदै आगो, सेनाको घेराबन्दी
एजेन्सी । भारतको असम राज्यमा रहेको तीन सुकिया जिल्लाको बागजनमा आगो फैलिँदै गएपछि सो क्षेत्रलाई भारतीय सेनाले घेरा हालेको छ । सो क्षेत्रमा भारतीय आयल इन्डिया लिमिटेडको खानी रहेको छ । आगलागी अन्यत्र फैलिनबाट रोक्ने उद्देश्यले भारतीय सेना परिचालन गरिएको हो ।
तीन सुकिया जिल्लाको बागजनमा केही दिनदेखि आगो फैलिएको छ । त्यस आगलागीमा परी बुधबार मात्र दुई जना स्थानीयको ज्यान गएको थियो ।
उक्त क्षेत्रका कम्तीमा पनि सात हजार नागरिकलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । तर स्थानीयमा त्रास फैलिएको बताइएको छ । असम सरकारका मन्त्री चन्द्रमोहन पटवरीले उक्त बागजन क्षेत्रको भ्रमण गरेका थिए । बुधबार उनले सो क्षेत्रको भ्रमण गरेर आवश्यक सहयोग उपलब्ध गराउने स्थानीयलाई आश्वासन दिएका थिए ।
त्यसैगरी उनले भारतीय आयल इन्डियाका अधिकारीहरुसँग भेटगरी सो क्षेत्रमा आगो निभाउनका लागि सैनिक परिचालन गरिएको बताएका थिए । उनले सो आगलागीबाट प्रभाावित भएका नागरिकलाई क्षतिपूर्ति पनि उपलब्ध गराउने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण