बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विवादमा तानिएको नेपाल आइडलले गर्‍यो यी ९ प्रश्न

बिहीबार, २२ भदौ २०७४, ११ : ०४
बिहीबार, २२ भदौ २०७४

काठमाडौं–विवादमा तानिएको नेपाल आइडलबारे जिल्ला अदालत काठमाडौंले भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएपछि  उक्त टेलिभिजन र आइडलले विभिन्न ९ प्रश्न गरेको छ । 
अदालतको  फैसलासँगै ‘एपिवान टेलिभिजन’ र आइडलले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्दै विभिन्न ९ प्रश्न गरेको हो । 
आयोजकले अदालतको निर्णयबाट  शोको विरोध गर्ने र नेपाली मिडियालाई परनिर्भरतामा लैजान खोज्नेहरु खुसी भएपनि आइडलका चार प्रतिश्पर्धीको भविष्यबारे प्रश्न उठाएको छ । 
यस्तै  अन्तराष्ट्रिय फ्रेन्चाइज्ड शोको नियमअनुसा नै किन सबै प्रक्रिया गर्न नपाइने भनि प्रश्न गरिएको छ भने अन्तराष्ट्रिय फरमेट अनुसार एपीवानले भोटिङका लागि गरेको आह्वानमा गरिएको विरोधप्रति पनि  प्रश्न गरिएको छ । 
यस्तै नेपाली दर्शकका लागि अन्तराष्ट्रिय फ्रेन्चाइज्ड ल्याउनै नदिने हो ?, अब सिधै विदेशी च्यानलको कार्यक्रम हेरेर पैसाको पोको बोकेर  विदेशीकै लागि नेपालीले भोट दिनुपर्ने हो त ?,  अदालतमा मुद्दा हाल्ने यज्ञमणि न्यौपानेले कति भोट गरेका छन् ? भन्ने प्रश्न आइडलले गरेको छ । 
यस्तै न्यौपानेले सत्यतथ्य बाहिर आउँदा  समाजलाई कसरी मुख देखाउलान् ?, भोट हाल्न कसले करकाप गरयो ? सो बन्द गराउन खोज्दा फाइदा कसलाई हुने हो भन्ने जस्ता प्रश्न पनि  गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप