बेइजिङमा कोरोनाः प्रमुख सीफुड र तरकारी बजार बन्द
एजेन्सी । कोभिड–१९ बाट सङ्क्रमित ५३ नयाँ विरामी भेटिएपछि चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजारलाई बन्द गर्ने घोषणा गरेको छ । सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि चिनियाँ प्रशासनको यो निर्णय लिएको हो ।
कोभिड–१९ का नयाँ विरामी भेटिएपछि चीन सरकारले अस्थायीरूपमा सिनफादी सीफुड तथा तरकारी बजार तथा नजिकमा रहेका ११ आवासीय क्षेत्र तथा नौ विद्यालयलाई लकडाउन गरेको न्यूयोर्क टाइम्सले बेइजिङस्थित चिनियाँ जनस्वास्थ्य आयोगलाई उद्धृत गरी समाचार लेखेको छ ।
विगत केही समय (महिनौ) देखि चीनले कोरोनाभाइरस नियन्त्रणमा ल्याएको बताउँदै आएको भएपनि पछिल्ला केही हप्तामा यदाकदा नयाँ सङ्क्रमित विरामीहरू भेटिन थालेका छन् । बेइजिङ नगर सरकारका प्रवक्ता सु हेजिआनले सोमबार पत्रकार सम्मेलनमा भनेका कुरालाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ, ‘हामीले हरेक व्यक्तिलाई महामारीका रूपमा विश्वभर फैलिएको स्वास्थ्य सुरक्षाका उपायलाई एक पल पनि नछोड्न सचेत बनाइरहेका छौँ । हामीले भाइरसविरूद्धको लामो लडाईंका लागि तयार हुनैपर्छ ।’
‘हामीले विदेशबाट आउने कोभिड–१९ का विरामीसँग सचेत बन्नुपर्छ । विदेशबाट चीन आउने व्यक्तिसँग भाइरस पनि आउनसक्ने हुँदा महामारी नियन्त्रण लामोसमयसम्म जटिल तथा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहने देखिएको छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण