ओमानबाट १ सय ६६ यात्रु लिएर पहिलो ‘उद्धार’ विमान उड्यो
युएई। ओमानमा अलपत्र परेका १ सय ६६जना नेपाली कामदार लिएर सलाम एयरको पहिलो ‘उद्धार’ विमान उडेको छ । मस्कटस्थित नेपाली दुतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय ८ः१५ मा उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्।
राजदूत ढकालले रोजगारदाता र कामदार आफैले टिकट काटेर फर्किएको, कामदारको पीसीआर परीक्षण गरी फर्काइएको बताइन् । उनले दूतावासको सेल्टरमा रहेका १३ जना महिलाको टिकट खर्च भने दूतावासले नै व्यवस्था गरेको बताइन्।
सरकारले ओमनबाट स्वदेश फर्कन चार्टर विमान नेपाल एयरलाइन्सको लागि ३ सय ६६ अमेरिकी डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा दर तोकेको थियो।
तर ओमन दूतावासले सरकारले तोकेको हवाई भाडादर भन्दा झन्डै ८ हजार रुपैयाँ कममा ्करिब ३६ हजार रुपैयाँमा सलाम एयरलाईन्स मार्फत अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काएको हो।
ओमानबाट असार ४ गते दोश्रो चार्टर उडान उड्ने तालिका सार्वजनिक भएको छ ।ओमानबाट नेपाल फर्कन चाहने ६ सय ५६ जनाको पहिलो सूचीमा नाम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण