जुम्लामा ४३ महिला हिंसाका उजूरी दर्ता
खलङ्गा । जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म ४३ महिला हिंसाका उजूरी परेका छन् । आव २०७४/०७५ मा ४९ उजूरी परेकामा आव २०७५/०७६ मा ८६ परेका थिए ।
पहिले प्रहरीकहाँ गएपछि मात्र हरेक घटना अदालतमा पेश हुन्थे । अहिले सीधै अदालतमा जाने भएकाले महिला तथा बालबालिका सेवा केन्द्रमा उजूरी दर्तामा कमी आएको हो । गत आर्थिक वर्षका तुलनामा चालु आवको हालसम्म झण्डै आधा कम उजूरी परेको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी जवान अमृता भण्डारीले बताइन् । घरायसी झगडा परेर प्रहरीसम्म आइपुग्दा महिलाले सम्बन्धविच्छेद गर्न हतार गर्ने गरेको र केही समय विचार गरेर मात्रै निर्णय लिन सल्लाह दिने गरेको भण्डारीको भनाइ छ ।
प्रहरीसम्म पर्ने उजूरीको संख्या केही कम देखिए पनि हिंसाका घटनामा सोचेजति कमी आउन सकेको छैन । तीन आवको तथ्याङ्कानुसार प्रहरीसम्म पुगेका उजूरी अदालतसम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए । गत दुई आवमा १६ उजूरी आफूखुशी अदालत पुगेका थिए ।
हिंसाका अधिकांश घटनामा प्रहरीकहाँ उजूरीदेखि अदालती प्रक्रियासम्म महिला अधिकारकर्मीको सहयोग रहने गरेको छ । बन्दाबन्दी समयमा ६० प्रतिशतभन्दा कम उजूरी केन्द्रमा परेका हुन् । घरेलु हिंसासम्बन्धी तीन र झैझगडाका सात निवेदन परेकामा ६ वटाको मिलापत्र भएको जनाउँदै चन्दले चार प्रक्रियामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण