शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप १८ जनामा संक्रमण पुष्टि

मङ्गलबार, ०२ असार २०७७, ०७ : ३०
मङ्गलबार, ०२ असार २०७७

काठमाडौं – गण्डकी प्रदेशमा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ ।

मंगलबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको  विज्ञप्तिका अनुसार कोरोना संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बस्दैआएका थिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, कास्की १ र बागलुङ १ सहित १८ जना फेला परेका हुन् । 

तीमध्ये गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला छन् । अरु सबै १७ जना पुरुष छन् । 

गोरखामा भेटिएकामध्ये गोरखा नगरपालिकाका वर्ष २१, २५, २९, ३२, २६, ३५ र ५३ वर्ष उमेर समूहका छन् भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का पुरुष छन् ।

स्याङ्जा चापाकोट नगरपालिकाका वर्ष १८ का २ जनासहित वर्ष ३५ र ३९ जना पुरुष छन् ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिकाका वर्ष १८, कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ र बागलुङको ताराखोला गाउँपालिकाका वर्ष ३४ का पुरुषमा संक्रमण भेटिएको हो ।

संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप