गण्डकी प्रदेशमा थप १८ जनामा संक्रमण पुष्टि
काठमाडौं – गण्डकी प्रदेशमा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ ।
मंगलबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिका अनुसार कोरोना संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बस्दैआएका थिए ।
स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, कास्की १ र बागलुङ १ सहित १८ जना फेला परेका हुन् ।
तीमध्ये गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला छन् । अरु सबै १७ जना पुरुष छन् ।
गोरखामा भेटिएकामध्ये गोरखा नगरपालिकाका वर्ष २१, २५, २९, ३२, २६, ३५ र ५३ वर्ष उमेर समूहका छन् भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का पुरुष छन् ।
स्याङ्जा चापाकोट नगरपालिकाका वर्ष १८ का २ जनासहित वर्ष ३५ र ३९ जना पुरुष छन् ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिकाका वर्ष १८, कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ र बागलुङको ताराखोला गाउँपालिकाका वर्ष ३४ का पुरुषमा संक्रमण भेटिएको हो ।
संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण