रक्सी नपाएर मान्छेलाई टोक्ने बाँदरलाई आजीवन जेल सजाय
बाँदरलाई जन्मकैद दिइएको कहिल्यै सुन्नुभएको छ ? हो, छिमेकी भारतमा यस्तै भएको छ । कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्नेछ ।
कालुवा नामको यस बाँदर मिर्जापुर जिल्लाको रैथाने हो । उसले मिर्जापुरमा टोकेका २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए र उनले निरन्तर आफूसँगै बाँदरलाई पनि रक्सी खुवाउँथे।
बिस्तारै कालुवा पनि जड्याहा भयो । जब ती जड्याहा मालिक बिते, त्यसपछि रक्सी नपाएर कालुवा आक्रामक भयो । उसले जथाभावी टोक्न थाल्यो र मिर्जापुरमा आतंक फैलायो । त्यसपछि कालुवालाई पक्रनका लागि बन र चिडियाघरको टोली बोलाइयो ।
ठूलो प्रयासपछि कालुवालाई पक्राउ गरेर कानपुर चिडियाघरमा राखिएको समाचारमा जनाइएकाे छ । ‘हामीले पहिले उसलाई केही महिनासम्म आइसोलेसनमा राख्यौं र अहिले अलग खोरमा कैद गरेका छौं । उसको व्यवहारमा कुनै परिवर्तन देखिएको छैन र ऊ पहिलेजस्तै आक्रामक छ । हामीले उसलाई यहाँ ल्याएको तीन वर्ष भइसकेको छ र अब जीवनभर यहीँ राख्ने निर्णय गरेका छौं,’ चिडियाघरका डाक्टर मोहद नसिरले भने ।
नसिरका अनुसार कालुवा ६ वर्ष भयो र यदी उसलाई स्वतन्त्र छाडियो भने उसले जहाँ भेट्यो त्यही मानिसलाई आक्रमण गर्नेछ । अहिलेसम्म आफ्नो खोर हेर्ने व्यक्तिसँग समेत कालुवा घुलमिल हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण