रूसको दक्षिणी सहर नजरानमा गोली चल्दा ४ जनाको मृत्यु
मङ्गलबार, ०२ असार २०७७, २३ : ३५
एजेन्सी । रूसको दक्षिणी शहर नजरानमा दुई समूहबीच भएको झगडामा गोली चल्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका रूसी स्रोतले बताएको छ । पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय वासिन्दाको एउटा समूहबीच भएको विवादपछि गोली चलेको र घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका छन् । स्थानीय साना घटनाको अनुसन्धान प्रयोजनका लागि रहेको रूसी उक्त समितिका अनुसार घटनामा १५ जनाको सहभागिता रहेको थियो । विवाद आपन्तबीचको जग्गाको टुक्रालाई लिएर भएको बताइएको छ । मृतकमध्ये एक प्रहरी र एक राष्ट्रिय सुरक्षा अधिकृत पनि रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण