‘कोभिड–१९’ का विरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने
एजेन्सी । संयुक्त राज्य अमेरिकाले कोभिड–१९ का विरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ । अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन् । त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो ।
अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ । यसैसहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ । यो सहयोगको पहिलो चरण बुधबार भारत पुगेको बताइएको हो ।
यी भेन्टिलेटरले भारतका भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विरामीको ज्यान बचाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता मोगन अर्टगसले ट्वीट गरेर सो कुराको जानकारी दिुनभएको प्राप्च समाचारमा जनाइएको छ ।
भारतका लागि अमेरिकी राजदूत केनिथ जस्टरले बुधबार युएसएआइडीका तर्फबाट भारतीय रेडक्रम सोसाइटीलाइ बुधबार ती भेन्टिलेटरहरु उपलब्ध गराएका । अमेरिकाले भारतलाई औषधीय सामग्रीहरु उपलब्ध गराउने बताएको छ । सोहीबमोजिम अमेरिकाले यो पहिलो चरणमा १०० वटा भेन्टिलेटर पठाएको बताइएको हो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण