ओमानबाट १ सय ४७ यात्रु लिएर दोश्रो ‘उद्धार’ विमान उड्यो
युएई। ओमानमा अलपत्र परेका १ सय ४७ जना नेपाली कामदार लिएर सलाम एयरको दोस्रो उद्धार विमान उडेको छ । मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई सलाम एयरको उडान नम्बर ओभी ४२७ आज स्थानीय समय ८ः२० मा उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्।
सलाम एअरको फ्लाइट जहाजमा ११० जना पुरुष र ३७ जना महिला रहेको दूतावास मस्कटले जनाएको छ।राजदूत ढकालका अनुसार रोजगारदाता र कामदार आफैले टिकट काटेर फर्किएको र कामदारको पीसीआर परीक्षण गरी फर्काइएको बताइन् । जहाज दिउँसो २ बजे काठमाडौँ आइपुग्नेछ ।
उनले भनिन्, 'फर्कने सबैको साथमा पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट छ । उनीहरु विमानस्थल र होल्डिङ सेन्टर हुँदै सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् ।'
सरकारले ओमनबाट स्वदेश फर्कन चार्टर विमान नेपाल एयरलाइन्सको लागि ३ सय ६६ अमेरिकी डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा दर तोकेको थियो।
तर ओमन दूतावासले सरकारले तोकेको हवाई भाडादर भन्दा झन्डै ८ हजार रुपैयाँ सस्तो अर्थात ३६ हजार रुपैयाँमा सलाम एयरलाईन्स मार्फत अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता गरेको हो।
ओमानमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सलाम अएरमार्फत स्वदेश फर्काइरहेको छ ।
दूतावासका कर्मचारी र राजदूत आफै स्वदेश फर्कने नेपालीको बिदाइका लागि विमानस्थल पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण