रेलिगेशनबाट जोगिन संघर्षरत ब्राइटनसँग आर्सनल स्तब्ध
इन्जुरी समयमा नियल माउपेले निर्णायक गोल गरेपछि रेलिगेशनबाट बच्न संघर्षरत ब्राइटन एन्ड होभ आल्भियनसँग आर्सनल २–१ ले स्तब्ध बनेको छ । इन्जुरी समयको पाँचौ मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई सन् २०२० को पहिलो जीत दिलाएका हुन् ।
खेलमा अग्रता भने आर्सनलले लिएको थियो । खेलको ६८ औँ मिनेटमा निकोलास पेपेले आर्सनलका लागि गोल गरेका थिए । तर, लेविस डंकले बराबरी गोल फर्काएका थिए ।
माउपेको निर्णायक गोलपछि आर्सनलले लगातार दोस्रो खेलमा पराजय भोग्न बाध्य बन्यो । यसअघि, आर्सनल बुधबार म्यान्चेस्टर सिटीसँग ३–० ले पराजित भएको थियो ।
पराजयसँगै आर्सनल प्रिमियर लिगको १० औँ स्थानमा खस्किएको छ । ब्राइटन भने लिगको १५ औँ स्थानमा रहेको छ ।
शनिबार नै भएका अन्य खेलमा वाटफोर्ट र लेस्टर सिटीले १–१ को बराबरी खेले भने वुल्भरह्याम्पटन वान्डरर्सले वेस्टह्यामलाई २–० गोल अन्तरले पराजित गर्यो । उता, क्रिस्टल प्यालेसले पनि बोर्नेमाउथलाई २–० ले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण